Sunday, December 6, 2015

चीनको ईन्धन झनै महंगो, कर छुटदिन चीनले मानेन

काठमाडौं,मंसिर २१ । चाइना नेसनल युनाइटेड आयल कर्पोरेसन (पेट्रो चाइना) ले नेपाल आयल निगमलाई इन्धनको मूल्यसूची उपलब्ध गराएको छ। पेट्रो चाइनाले ल्हासामा आफूले बिक्री गर्ने करसहितको खुद्रा मूल्य निगमलाई उपलब्ध गराएको हो।ल्हासाको मूल्यसूचीअनुसार काठमाडौंमा आइपुग्दा करसहित प्रतिलिटर पेट्रोल मूल्य एक सय ८० रुपैयाँ र डिजेल एक सय ५५ रुपैयाँ पर्छ। करबाहेक भने केरुङमा पेट्रोल ८८ रुपैयाँ प्रतिलिटर पर्ने निगमले जनाएको छ।

यसैगरी करबाहेक डिजेल ८४ रुपैयाँसम्ममा केरुङमा उपलब्ध हुन सक्ने अन्नपूर्ण पोस्टमा खबर छ। व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले आइतबार डाकेको इन्धन आपूर्तिसम्बन्धी बैठकमा निगमका निमित्त निर्देशक दीपक बरालले यस्तो जानकारी दिएका हुन्। केही दिनअघि मूल्य, कर र अन्य प्राविधिक विषयबारे निगमको दुई सदस्यीय प्राविधिक टोली चीन गएको थियो। टोलीमा बराल पनि सहभागी थिए।

पेट्रो चाइनाले प्रतिकिलोलिटर पेट्रोल एक लाख १८ हजार चार सय ५५ रुपैयाँ र डिजेल प्रतिकिलोलिटर एक लाख १५ हजार चार सय २९ रुपैयाँ तोकेको छ। बरालका अनुसार निगमले इन्धनको अन्तर्राष्ट्रिय मूल्यसूची, कर छुट र कर छुटको ब्रेड डाउन सूची उपलब्ध गराउन चीनसँग आग्रह गरेको थियो । तर चिनियाँ पक्षले त्यस्तो सूचीबारे तयारी नगरेको र उपलब्ध पनि गराउन नसक्ने जानकारी नेपाली टोलीलाई दिएको थियो।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts