काठमाडौं,मंसिर २१ । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सिंगो मधेसले संविधान अस्वीकार गरेको भन्द्र भ्रम फैलाएको बताएका छन् । ‘जनताको संविधानः जनताकै माझमा’ एक महिने अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा नेम्वाङले संविधानमा ९१ मधेसी सभासदले हस्ताक्षर गरेको र ३९ ले मात्र बहिस्कार गरेको छन् त्यसलाई सिंगो मधेस भनेको हो त्यस्तै १६९ जनजातिले हस्ताक्षर गरेको र १२ जनजातिले मात्रै संविधानमा हस्ताक्षर नगरेको नेम्वाङले हिसाब सुनाए । उनीहरु मध्ये एकजना पनि प्रत्यक्ष निर्वाचित नभएको भन्दै नेम्वाङले भने, सिंगो मधेसले अस्वीकार गर्यो, जनजातिले अस्वीकार गर्यो भन्छन्, त्यो मैले मैले बुझिँन ।’
संविधानसभा बहिस्कार गरेका दलहरु समेत प्रधानमन्त्री निर्वाचनमा सहभागी भएको भन्दै उनले संविधानलाई सिंगो देशले संविधान स्वीकार गरेको बताए । नेम्वाङले आफूलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्यासेट दिएको खुलासा गरेका छन् । ‘मोदीले स्वयम मलाई भारतको संविधान निर्माण प्रक्रिया बारे क्यासेट दिनुभएको थियो,’क्यासेट हेरेर त्यहाँको संविधान निर्माण प्रक्रिया पनि जानकारी लिएको थिएँ ।’ संबोधनको क्रममा उनले छिमेकी भारतले नेपालको संविधानको विषयमा अनावश्यक चासो राखेको भन्दै भारतको संविधान निर्माणको प्रक्रिया समेत उल्लेख गरेका थिए ।
विश्वमा शतप्रतिशत जनताको सहमतिमा संविधान बनेको देश कुनैपनि नभएको भन्दै उनले नेपालको संविधान विश्वकै नमुना भएको उल्लेख गरे । ‘कुन चाहिँ देश छ । भारतको संविधान ६५ प्रतिशतले पास गरेको बताए । संविधानसभाका पूर्व अध्यक्ष नेम्वाङले नेपालको संविधानमा ८९ प्रतिशतको उपस्थितमा पास भएको र ८५ प्रतिशतले हस्ताक्षर गरेको बताए ।
No comments:
Post a Comment