Friday, December 18, 2015

चार डिआइजीलाई एआइजीमा बढुवा गर्नैपर्ने बाध्यता

काठमाडौं,पुष ४ । सरकारले मागबमोजिम सर्वोच्च अदालतले सुनुवाइ गर्न अस्विकार गरेपछि मन्त्रिपरिषदले डिआइजीबाट अवकाश प्राप्त गरिसकेका ४ जनालाई एआइजी बनाउनुपर्ने बाध्यता भएको छ । प्रधानन्याधीश कल्याण श्रेष्ठ तथा न्यायाधीश सुशीला कार्की र देवेन्द्रगोपाल श्रेष्ठको पूर्ण इजलासले सरकारको माग बमोजिम सुनुवाइ गर्न अस्वीकार गरेपछि चार जनालाई अब एआइजी बनाउनुपर्ने बाध्यता भएको हो ।

सरकारले २०७१ सालको साउनमा ९ जना डिआइजीलाई एआइजीमा बढुवा गरेपछि बढुवामा नपर्ने चार डिआइजीहरु सरकारको निर्णयविरुद्ध अदालत गएका थिए । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts