काठमाडौं,पुष ४ । कांग्रेसमा बल्लतल्ल टुंगिएको क्रियाशील सदस्यताको प्रतिवेदनमाथि शुक्रबार पनि पक्ष र विपक्षमा मत अभिव्यक्त भएको छ । बिहीबारको बैठकमा नेता शेरबहादुर देउवा पक्षले केही विवादित जिल्लाको सदस्यता स्थगन गर्न नहुने र संस्थापनले छानबिन समितिले दिएको प्रतिवेदनको पक्षमा बोलेका थिए । तर, शुक्रबारको बैठकमा भने संस्थापन र देउवा पक्षका नेताहरूले मिश्रित धारणा राखेका छन् ।
जिल्ला र क्षेत्रमा आफ्नो संगठन, स्वरूप र शक्तिमा केन्द्रित रहेर केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । केही सदस्यहरूले पनि सप्तरी, पर्सा, महोत्तरी, धनुषाजस्ता जिल्लामा सधैँ समस्या देखिने गरेको भन्दै सोही समस्यामा अल्झन नहुने बताएका थिए ।
बैठकमा लामो समय लिएर केन्द्रीय सदस्य बलबहादुर केसीले सोलुखुम्बुमा जिल्ला सभापति आङगेलु शेर्पाले मनलाग्दी रूपमा सदस्यता वितरण गरेको भन्दै विधि र प्रक्रिया मिचेर बाँडिएको सदस्यतालाई मान्यता नदिई १२औँ महाधिवेशनको सूचीअनुसारको मान्यता दिन माग गरे । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
Friday, December 18, 2015
संस्थापन र देउवा पक्षबीच आरोप–प्रत्यारोप
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
No comments:
Post a Comment