Friday, December 18, 2015

भूकम्पपीडितको नाममा १५ अर्ब सकियो, हालत उस्तै

काठमाडौं,पुष ४ । भूकम्पपीडितका लागि सरकारले १५ अर्ब ४० करोड रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषका नामबाट खर्च गरिसकेको छ, चाहे हालसम्म कोषमा ६ अर्ब ८८ करोड रुपैयाँ मात्र सहयोग जुटेको किन नहोस् । यसका साथै निजी क्षेत्र र गैरसरकारी संस्थाहरुले सीधै ठूलो मात्रामा नगद र साधनस्रोत उपलब्ध गराएको बताउँदै आएका छन् । तर, भूकम्पपीडितको अवस्था उस्तै दयनीय छ ।

सरकारी नियकायहरुले समयमै पुनर्निर्माण प्राधिकरण नबन्नुलाई दोष देखाउँदै आफ्ना कमजोरी ढाकछोप गर्दै आएका छन् । तर, धेरैजसो रकम पालमा च्यातिएको छ । त्यसबाहेक सहयोगलाई व्यवस्थित गर्न नसक्दा राहत कार्यक्रम प्रभावहीन देखिएको छ । विज्ञ तथा राजनीतिकर्मीहरुले सरकारी लापरबाही औंल्याएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts