Friday, December 18, 2015

राष्ट्रपतिले अशुद्ध गरेको भन्दै जानकी मन्दिर चोख्याए

जनकपुर,पुष ४ । तराई मधेसमा आन्दोलनत मधेसी मोर्चाका कार्यकर्ताले राष्ट्रपति विद्या भण्डारीले पूजा अर्चना गर्दा अशुद्ध भएको भन्दै जानकी मन्दिर चोख्याउने नाममा शुक्रबार गंगाजल छर्केका छन् ।

विधवाले मन्दिरभित्र गएर पूजा अर्चना गर्न नपाइने धार्मिक मान्यता रहेको भन्दै उनीहरुले राष्ट्रप्रमुख र आम महिलाको समेत उपमान हुने गरी अन्धचेतना प्रर्दशन गरेका हुन् । नागरिक दैनिकमा समाचार छ ।

‘विधवाले मन्दिरभित्र गएर पूजा गर्नुको साथै सुरक्षाकर्मीले चप्पलपुत्ता लगाएर प्रवेश गर्दा मन्दिर असुद्ध भयो’ आन्दोलन परिचालन समिति एवम सदभावना पार्टीका जिल्ला अध्यक्ष संजय सिंहले भने ‘आन्दोलनकारी तथा स्थानीय क्लवका सदस्यले सफाइ गरी मन्दिरमा गंगाजल छर्केर सुद्धिकरण गरेका हुन् ।’

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts