Friday, December 18, 2015

एकाबिहानै ५.५ रेक्टर स्केलको भूकम्प

बाजुरा,पुष ४ । बाजुरालाई केन्द्रबिन्दु बनाएर ५ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । शनिवार बिहान ४ बजेर २ मिनेटमा बाजुराको जगननाथ आसपास केन्द्रविन्दु भएर भुकम्प गएको हो । भूकम्पको धक्का सुदुरपश्चिम र मध्य पश्चिमसहित कास्की, गुल्मी, बाग्लुङ, पाल्पा लगायतका पश्चिमका जिल्लामा यसको धक्का महशुस गरिएको छ । भूकम्पपछि साना पराकम्प गइरहेको केन्द्रले जनाएको छ ।

५ दशमलव ५ रेक्टर स्केलको यो भुकम्प पराकम्प नभएको र वैशाख १२ गते बाह्रपाक केन्द्र गरेर गएको ७.८ रेक्टर स्केलको भुकम्पसंग कुनै सम्वन्ध नरहेको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पबाट क्षति भएको नभएको बारे कुनै जानकारी प्राप्त भएको छैन्।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts