काठमाडौं,पुष ३ । एआइजी दुर्जकुमार राई लाई सशस्त्रको कामु आइजीपीको जिम्मेवारी दिएको छ । मन्त्रिपरिषद्को शुक्रबार राति अबेर सकिएको बैठकले प्रमुख आइजीपी कोषराज वन्त ३ महिनाका लागि निलम्वन गर्दै राईलाई जिम्मेवारी दिएको हो । बैठकले वन्तले दिएको राजीनामा स्वीकृत गरेन । करोडौ भ्रष्टाचार गरेको भन्दै अख्तियारले वन्तलाई निलम्बन गर्न सिफारिस गरेको थियो । मन्त्रिपरिषद बैठक बस्नु अघि प्रधानमन्त्री र एमाओवादी अध्यक्ष प्रचण्डबीच कसलाई कामु एआइजीपी बनाउने भन्ने विषयमा छलफल भएको थियो । छलफलमा दुवै नेताले राईलाई कामु जिम्मेवारी दिने सहमति गरेका थिए ।
सशस्त्रका लागि आवश्यक सामान खरिद गर्दा नक्कली वील भर्पाई पेश गरेको र टेण्डर अनुसारको सामान खरिद नगरेको आरोप पनि वन्तमाथि लागेको थियो । उनी सशस्त्र प्रहरी महानिरीक्षक २०६८ चैत २९ गते बुधबारका दिन नियुक्त भएका हुन् । विस २०४६ पुष ४ गतेबाट दिन उनी प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा भर्ती भएका थिए । २०५८ फागुन ९ गते सशस्त्र प्रहरीमा उनी एक तह बढुवा भएर गएका थिए। तीन महिनापछि वन्तको कार्याकाल स्वत समाप्त हुनेछ ।
No comments:
Post a Comment