Friday, December 18, 2015

को हुन् प्रधानमन्त्री ओलीसँग कुम जुधाएर हिंड्ने यी महिला ?

काठमाडौं,पुष ३ । मु्लुकको प्रधानमन्त्रीजस्तो प्रमुख कार्यकारीे व्यक्तिसँग कोही अपरिचित महिला एकपटक होइन, दुईपटक होइन, पटकपटक सँगैै देखिन्छिन भने उनीप्रति समाजको आँखा पर्नु स्वभाविकै हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली गत २४ असोजमा प्रधानमन्त्री निर्वाचित भएयता सार्वजनिक कार्यक्रममा एउटी महिला घरीघरी प्रधानमन्त्रीसँगै देखिन्छिन् । तर, उनी को हुन् र किन प्रायः प्रधानमन्त्रीको अघिपछि हिँडिरहन्छिन् भन्ने चाँहि कमैलाई थाहा होला ।

प्रधानमन्त्रीसँग हिंडिरहने ती महिला न त प्रधानमन्त्रीको पार्टी एमालेको कुनै कमिटीमा छिन्, न कुनै सरकारी कर्मचारी वा कुनै राजनीतिक नियुक्ति हात पारेकी छन् । तर, पनि उनी प्रधानमन्त्री सहभागी अधिकांश सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीसँगै भीआइपीको लहरमा माला लगाएर मञ्चमा बस्छिन् ।
उनी अरु कोही नभएर नाताले प्रधानमन्त्रीकी साली अञ्जान शाक्य हुन् । त्यसो त उनी ‘यो मन्दिर यो मस्जिद’ भन्ने चर्चित गितकी गायिका हुन् । आफ्नै भिनाजु प्रधानमन्त्री भएपछि उनको दाऊ अहिले अर्कै छ । यसअघि ओली परराष्ट्रमनत्री भएकैबेला परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशक बनेकी अञ्जान अहिले भने ठूलै दाउमा छिन् । नहोउन् पनि कसरी ? त्यतिबेला ओली परराष्ट्रमन्त्री मात्र थिए तर, अहिले त प्रधानमन्त्री नै छन् । त्यसैले अञ्जना प्रधानमन्त्रीकै विशेष दबाबमा जापानका लागि नेपाली राजदूत हुन लागेको हल्ला छ । एमाले निकट स्रोत भन्छ, ‘अञ्जान राजदूत बन्ने पक्काजस्तै भइसकेको छ । अब नियुक्ति हुनमात्र बाँकी छ ।’
त्यतिमात्र होइन यसअघि एमाले नेता महेन्द्रबहादुर पाण्डे परराष्ट्रमन्त्री भएकाबेला पनि अञ्जान पाण्डेसँगै सार्वजनिक कार्यक्रममा सँगै देखिने गर्थिन् । त्यतिबेला उनी न कुनै सरकारी अधिकारी थिइन् न त उद्यमी । तर, उद्यमीको सार्यक्रममा गएर मञ्चको अग्रपंत्तिमा बसेपछि सबैले जिब्रो टोकेका थिए ।

ओलीकै दबाबमा त्यसबेला पनि उनलाई राजदूत बनाउन पाण्डे निक्कै कस्सिएका थिए । तर, पाण्डेले सोचेजस्तो भएन । कांग्रेससँग राजदूत नियुक्तिमा भागबण्डा निमिलेर लफडा भएपछि पाण्डेको आशा गरेर बसेकी अञ्जानको सपना ‘हुरीले उडायो’ जस्तै भएको थियो ।
अञ्जानका श्रीमानको बालुवाटारमै राज
रोचक कुरा त के छ भने, ओलीले अञ्जानको मात्र उद्धार गरेका छैनन् । उनका श्रीमान ओलीका विज्ञ सल्लाहाकारमध्ये एकमा नियुक्त भइसकेका छन् । अञ्जानका श्रीमान अजयक्रान्ति शाक्य ओलीका विज्ञान तथा प्रविधि सल्लाहकार हुन् ।
आफू पदमा आएपछि नातागोतालाई पनि राम्रो ठाउँमा पुर्याउने प्रवृत्ति पुरानो भइसकेको छ । दाइ, भाइ, साला, साली, भिनाजु, जेठान लगायतकालाई सल्लाहाकार, पीए र आफू निकट मन्त्रालयमा कुनै न कुनै जागिर दिने पुरानै प्रचलनअनुसार ओलीले गरेको यो काम कुनै नौलो भने होइन । तर, यसरी ओलीले बिना कुनै हैसियतकी सालीलाई आफूसँगै लिएर सार्वजनिक कार्यक्रमको मञ्चमा अग्रपंंक्तिमा राख्दा भने धेरैले को र किन भनेर प्रश्न गर्ने गरेका छन् ।
– kathmandutoday.com

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts