Monday, December 14, 2015

माधव नेपालकाे भारतलाई प्रश्न- विहारीलाई सेनामा लिन नसक्नेले नेपाललाई पाठ सिकाउने ?

मंसिर २८, २०७२- एमाले नेता माधवकुमार आफ्नै बिहारबाट सेना लिन नसक्ने भारतले नेपाललाई यही विषयमा पाठ सिकाउन खोजेको आरोप लगाएका छन् । सिमरामा सोमबार पार्टीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मधेसमा दुई/चार जनाले नयाँ संविधानबारे भ्रम फैलाएको भन्दै यसको पछि नलाग्न पनि आग्रह गरे ।

‘एउटा देशले अर्को सार्वभौम देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न मिल्दैन,’ उनले भने, ‘के भारतमा पञ्जाबी मात्र सेनामा लायक हुन्, विहारी हुन सक्दैनन् ? विभेद आफैं गर्ने र अरुलाई पाठ सिकाउने ?’ उनले भने । एक अर्को प्रसङ्गमा उनले भने, ‘नेपालको मधेसमा मधेसीको बसोबास पाँच हजार बर्ष पुरानो इतिहास छ, त्यसैले मधेसी आदिवासी हुन् । विहारी भन्नेसित हामी प्रतिवाद गर्न तयार छौं ।’

क्षमता नभएका केही नेताले ५० लाख दिने भन्दै आन्दोलनमा दर्जनौं मर्न उक्साएको उनले आरोप लगाए । उनले भने ‘५१ लाख दिन्छौं, तर तिनै नेताले आफ्ना सन्तान आन्दोलनमा पठाउन् त ?’ संविधानमा केही भाषगत त्रुटी भएकाले त्यसलाई सच्याएर र छुटेका अधिकार संसदबाट स्थापित गराउन उनले आग्रह गरे । कार्यक्रममा एमालेका बारा/पर्साका सांसद, पूर्वमन्त्री तथा नेताहरु सहभागी थिए ।

-Ekantipur

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts