Sunday, December 27, 2015

प्रधानमन्त्री अोलीले त्रिपक्षीय वार्ता नराखेपछि प्रचण्ड आक्रोशित

काठमाडौं,पुष १३ । प्रधानमन्त्री केपी ओलीले तराई-मधेसको गतिरोध अन्त्य हुने गरी तीन दलको साझा धारणा बनाउन त्रिपक्षीय बैठक बोलाउने समझदारी गरे पनि त्यसको पालना नगरेको भन्दै उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल असन्तुष्ट भएका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रधानमन्त्री ओली र दाहालबीच आइतबार बिहान बालुवाटारमा त्रिपक्षीय बैठक बोलाउने समझदारी भएको थियो। कांग्रेस र मधेसी मोर्चासँग शनिबार भएको छलफलबारे जानकारी गराउने क्रममा आइतबार बिहान प्रधानमन्त्री ओलीसँग अध्यक्ष दाहालले बालुवाटारमा वार्ता गरेका थिए।

दाहालका सहयोगी शिव खकुरेलका अनुसार त्रिपक्षीय वार्ताका लागि दाहालले विराटनगरबाट साँझ पाँच बजे आउने जहाजको टिकट तीन बजे सारेर काठमाडौं फर्किएका थिए। ‘पूर्वीनेपालको कार्यक्रम छोट्याएर आउनुभएको थियो, काठमाडौं आएर बुझ्दा त त्रिपक्षीय बैठक नै बोलाएको रहेनछ,’ खकुरेलले भने।

स्रोतका अनुसार आफू हतारिएर काठमाडौं आउँदा पनि बैठक नबोलाएको जानकारी पाएपछि दाहाल आक्रोशित भएका थिए। दाहालले शनिबार कांग्रेस र मधेसी मोर्चासँग संयुक्त र छुट्टाछुट्टै वार्ता गरेका थिए। आफ्नो अथक प्रयासका बाबजुद सरकारको नेतृत्व गरेका प्रधानमन्त्री बैठक बोलाउन उदासीन रहेको भन्दै दाहाल आक्रोशित भएका हुन्।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts