Sunday, December 27, 2015

यसरी बाँड्दै छ सरकारले अनुदान

काठमाडौं,पुष १३ । अनुदान प्राप्त गरी आवास र भवन निर्माण गर्ने लाभग्राहीले न्यूनतम १० वाटको सोलारबत्ती जडान गर्नुपर्नेछ । अनुदान तीन चरणमा दिइनेछ । सुरुमा ५० हजार, जग राखेपछि एक लाख र छाना राखेपछि बाँकी ५० हजार दिइनेछ । सोलार जडान गर्ने भूकम्पपीडितले पहिलो किस्ता नगदै पाउनेछन् । दोस्रो र तेस्रो किस्ता पाउन बैंक खाता अनिवार्य हुनुपर्नेछ ।

अनुदान पाउन सरकारी डिजाइनको नमुनाअनुसार घर बनाउनुपर्ने हुन्छ । आवास निर्माणमा दुई लाखभन्दा धेरै लागेमा लागत सर्वसाधारणले नै व्यहोर्नुपर्नेछ । उनीहरूले तीन लाख रुपैयाँसम्म सामूहिक जमानीमा सहुलियत कर्जा पाउनेछन् ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts