Sunday, December 27, 2015

कहाँ गए साढे चार लाख सिलिन्डर ग्याँस ?

काठमाडौं,पुष १३ । आधा सिलिन्डर ग्याँसका लागि महिनौं पालो कुर्दा पनि नपाएका सर्वसाधारण दिनहुँ ग्याँसका बुलेट भित्रिएको समाचार सुनेरै चित्त बुझाउन बाध्य छन् । अघोािषत नाकाबन्दीका कारण सामान्य अवस्थामा जस्तै ग्याँस आउन नसके पनि १२ दिनमा मात्रै १ सय ७७ बुलेट ग्याँस भित्रिए पनि ती ग्याँस कहाँ गए र कसले ग्याँस पायो भन्नेबारे उपभोक्ता अन्योलमा छन् ।

गत १ पुसयता भारतबाट ४ लाख ४२ हजार ५ सय सिलिन्डर पुग्ने १ सय ७७ बुलेट ग्याँस नेपाल भित्रिएका छन् । सो अवधिमा भित्रिएको ग्याँसमध्ये ५० प्रतिशत ग्याँस उपत्यकामा मात्रै आएको छ । तर, उपत्यकावासी भने ग्याँस नपाएर निकै सास्ती खेपिरहेका छन् । यस अवधिमा भित्रिएको ग्याँस ७ दशमलव १ केजीका दरले वितरण गर्दा ४ लाख ४२ हजार ५ सय उपभोक्तालाई पुग्छ । तर, अधिकांश उपभोक्ताले अझै पनि ग्याँस पाउन सकेका छैनन् । ग्याँसको आपूर्ति बढ्दै गए पनि उपभोक्ताले भने अझै पाउन सकिरहेका छैनन् ।

सुरक्षा निकायका उच्च अधिकारीले आवश्यकताभन्दा बढी ग्याँस राखेका कारण पनि सर्वसाधारणले ग्यास पाउन नसकेका हुन् । वितरण प्रणाली व्यवस्थित र पारदर्शी नहुँदा मुलुकमा भित्रिएको ग्याँस उपभोक्ताले पाउन नसकेको दाबी गर्छन्, राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना । ‘सोर्सफोर्सका आधारमा पहुँचवालाको घरमा ग्याँस जाने गरेका छन्,’ उनी भन्छन्, ‘उद्योगले व्यापारिक प्रयोजनका लागि होटेल, रेस्टुरेन्टलाई धेरै ग्याँस दिँदा उपभोक्ताले पाउन सकेका छैनन् ।’ पुस महिनादेखि रक्सौलबाहेक अन्य नाका नियमित रूपमा सहज भएसँगै ग्याँसको आयात बढ्दै गएको नेपाल आयल निगमको तथ्यांकले देखाउँछ । ग्याँस आउने क्रम बढेको भए पनि उद्योगीले बढी मूल्य लिई होटल रेस्टुरेन्टलाई वितरण गरेकै कारण आम उपभोक्ताले पाउन नसकेका हुन् ।आजको राजधानी दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts