Tuesday, December 1, 2015

नेपालको आपत्तिपछि दसगजामा एसएसबीको चेकपोस्ट हटाइयो

काठमाडौं,मंसिर १६ । दसगजा क्षेत्रमा घरटहरा बनाउन नपाइने अन्तर्राष्ट्रिय नियमको बेवास्ता गर्दै भारतले सप्तरीमा पर्ने दसगजामै बनाएको सुरक्षा चेकपोस्ट नेपालको आपत्तिपछि हटाएको छ। बेल्ही गाविस-६ स्थित नेपाल-भारत सीमाको दसगजा क्षेत्रभित्र भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले एक साताअघि टहरो खडा गरी सुरक्षा चेकपोस्ट बनाएको थियो। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसहितको सुरक्षा टोलीले मंगलबार दसगजामै गएर आपत्ति जनाएपछि एसएसबीले चेकपोस्ट हटाएको हो।भारतीय सीमामा रहेको विद्यालयमा बस्दै आएको एसएसबीको चकपोस्टलाई विद्यालयले खाली गर्न लगाएपछि उनीहरूले दसगजामा चेकपोस्ट बनाएका थिए।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भट्ट नेतृत्वको सुरक्षा निकायको टोलीले मंगलबार स्थलगत निरीक्षण गरेको छ।टोलीले दसगजा मिचेर भारतले बनाएको चेकपोस्ट हटाउन भनेपछि एसएसबीका अधिकृत राजेन्द्र रायले गल्ती स्वीकार्दै दुई घन्टाभित्र चेकपोस्ट भत्काएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए।
स्थानीय बासिन्दाले गाउँमा गाविस सचिव नबस्ने, कृषि, पशु केन्द्र तथा शिक्षा स्रोतकेन्द्र र विद्यालय नखुल्ने गरेको गुनासो गरेका थिए। गाउँलेले भारतबाट घरायसी सामान ल्याउँदा एसएसबीले रकम असुल्ने गरेको गुनासो पनि गरेका थिए।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts