Tuesday, December 1, 2015

गृहमन्त्री शक्तिको ‘शक्ति’ दुरुपयोग !

काठमाडौं,मंसिर १६ । देशभरका सूचना थाहा हुने गृहमन्त्रीलाई आफ्नै नाममा वरिपरिबाट के भइरहेको छ भन्ने थाहा छैन होला त ? गृहमन्त्री शक्तिबहादुर बस्नेतको नाम लिंदै गृहजिल्ला जाजरकोटमा पाँच लाखको ठेक्काको लागिसमेत दबाब पुग्दासमेत उनी वेखबरजस्तै देखिएका छन् ।
खलंगास्थित नेपाली सेनाका कर्णेल सुधीरप्रताप सिंहलाई गृहमन्त्री बस्नेतको साख्खै काका हुँ भन्ने वीरबहादुर बस्नेतले फोन गरेर भनेछन्, ‘मैले भनेको मान्छेलाई त्यो पाँच लाखको ठेक्का दिनुभएन भने कामै हुन दिन्नँ ।’ त्यसबाट आत्तिएका कर्णेलले गृहमन्त्री निकटलाई जस्ताको तस्तै सुनाइदिएका रहेछन् । आजको बुधबार साप्ताहिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts