काठमाडौं,मंसिर १६ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सत्ता साझेदार दलका सांसदलाई नियन्त्रणमा लिन कार्यकर्तालाई निर्देशन दिएका छन् । तीनदिन यता मोरङमा रहेका महतोले मंगलबार डायनिया बजारमा आयोजित सभालाई सम्बोधन गर्दै भने, ‘कांग्रेस, एमाले र एमओवादीका सांसद जहाँ भेटिन्छन् त्यही पक्रनुस्, धोखाधडी र बेइमानी गरेकोबारे हिसाबकिताब माग्नुस् ।’आजको कान्तिपुर दैनिकमा खबर छ ।
उनले कांग्रेस, एमाले र एमाओवादीका सांसदहरुको घर घेराहाल्नसमेत कार्यकर्तालाई उक्साएका छन् । महतोले भने, ‘कांग्रेस, एमाले र एमाओवादीका सांसद घरमा छन् भने घर घेरेर बाहिर निकाल्नुस्, घरमा छैनन् भने खोजेर पक्रेर ल्याउनुस्, टीकाचन्दन लगाएर, हात्तिघोडा केकेमा हुन्छ, बजार घुमाउनुस् अनि धोखाधडी र बेइमानीबारे हिसाबकिताब लिनुस् ।’
उनले जारी आन्दोलन वारपारको आन्दोलन भएकोले घरघरबाट लाठी लिएर निस्कन आग्रह गरे । ‘अभि नही तो कभि नही’ महतोले भने, ‘अब हरेक घरघरबाट बुढा, जवान र महिला हातहातमा लाठी लिएर बाहिर निस्कनुपर्छ । अनिमात्र खोसिएको मधेसको भूमि र अधिकार फिर्ता हुन्छ ।’
No comments:
Post a Comment