पप्पु गुरुङ्ग -दोधारा चाँदनी,मंसिर १६ । कञ्चनपुरको दोधारा चाँदनीमा जारी छात्रा फुटबल प्रतियोगितामा क्वाटर राउण्डको अन्तिम दिनको हिजोको खेलमा लक्ष्मी उच्च माबि दोधारा चाँदनी बिजय भएको छ् । लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियानको सन्दर्भमा लैगिंक हिंसा न्युनिकरणका लागि छात्रा फुटवल प्रतियोगिता दोधारा चाँदनीको हिजोको खेलमा बिरुद्ध ० का विरुद्ध २ गोलले नोबेल एकेडेमी दोधारा चाँदनीलाई पराजित गर्दै लक्ष्मी उच्च माबि दोधारा चाँदनी जित हासिल गरेको छ ।
मध्यान्तर सम्म निकै प्रतिस्पर्धात्मक खेलमा मध्यान्तर पछि लक्ष्मी उच्च माबिले एक पछि अर्को गोल गर्दै २ गोल गरेर अग्रता हासिल गरेको थियो । ८ टिमको सहभागिता रहेको प्रतियोगितामा पहिलो सेमी फाईनलको पहिलो राउण्डको खेल आज सामुदायिक सुरक्षा समिति दोधारा चाँदनी र ओंम पुष्पाञ्जली बिच खेल हुने आयोजक समितीले जनाएको छ् ।
सशस्त्र हिंसा न्युनीकरण तथा सामुदायिक सुरक्षा सवलीकरण परियोजनाको सहयोगमा युनिक सनराई उच्च मावि, सामुदायिक सुरक्षा समिति दोधारा चाँदनी र युवा अभियानको संयुक्त अयोजनामा छात्रा फुटवल प्रतियोगिताको आयोजना गरेको हो ।
No comments:
Post a Comment