Tuesday, December 15, 2015

कांग्रेसमा थपिए डेढ लाख क्रियाशील सदस्य

काठमाडौं,पुष १ । कांग्रेसमा डेढ लाख क्रियाशील सदस्य थपिएका छन् । छानबिन समितिले क्रियाशील सदस्यता विवाद टुंग्याएको हो । अब कांग्रेसमा क्रियाशील सदस्य चार लाख ७० हजार पुगेका छन् । कांग्रेसको १२औँ महाधिवेशनसम्म तीन लाख १७ हजार क्रियाशील सदस्य थिए । अहिले एक लाख ५३ हजार थपिएर चार लाख ७० हजार पुगेको हो । कांग्रेसले १३औँ महाधिवेशनसम्म क्रियाशील सदस्य ६ लाखसम्म पुर्‍याउने लक्ष्य लिएको थियो ।

आफ्नो पक्षमा महाधिवेशन प्रतिनिधि ल्याउन संस्थापन र देउवा पक्षले विधि र प्रक्रिया मिच्दै सदस्यता फारम वितरण गरेपछि करिब दुई दर्जन जिल्लामा विवाद भएको थियो । विवाद बढेपछि केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको थियो । समितिले तीन जिल्लाका नयाँ सदस्यलाई मान्यता नदिएर सदस्यता विवाद टुंग्याएको हो ।

छानबिन समितिको प्रतिवेदन बुधबार बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत हुँदै छ । ‘तीन लाख १७ हजार क्रियाशील सदस्य रहेकोमा एक लाख ५३ हजारले बढेर झन्डै चार लाख ७० हजार पुगेको छ,’ समिति सदस्य रामकृष्ण यादवले नयाँ पत्रिकासित भने, ‘हाम्रो प्रतिवेदन अब कन्द्रीय समितिमा प्रस्तुत हुन्छ ।’
संगठन विभाग प्रमुख आनन्द्रप्रसाद ढुंगानाले पनि क्रियाशील सदस्यता विवाद टुंगिएको जानकारी दिँदै बुधबारको बैठकमा छानबिन समितिको प्रतिवेदन प्रस्तुत हुने बताए । केन्द्रीय समितिले छलफल गरी प्रतिवेदन अनुमोदन गर्नेछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts