गोरखा,पुष १ । विनाशकारी भूकम्पले सिंगो गाउँमा पहिरो गएपछि बारपाक–५ कामीगाउँका ५२ परिवार विश्वकर्मा अहिले ४ नम्बर वडामा रहेको सार्वजनिक जग्गामा टहरो बताएर बसेका छन् । आठ महिना शिविरमै बिताएका उनीहरु दीर्घरोगबाट थलिन थालेका हुन् । स्थानीय सुनिता विक भन्छिन्, ‘यहीँ बसेपछि मलाई हाडजोर्नी दुख्ने रोगले भेट्यो ।’
चिसोका कारण शिविरमा कसैलाई दम, कसैलाई पेट दुख्ने, कसैलाई आँखा दुख्ने,कसैलाई रगतमासी पर्नेलगायत समस्याले सताइरहेको उनले सुनाइन् । चिसो बढेर बस्ती रोगाउन थालेको अर्की स्थानीय सुनमाया विकले बताइन् । ‘हिमालको चिसो स्याँठ सीधै टाउकोमा पर्छ,’ विकले भनिन्, ‘चिसोले जोर्नी दुखेर उठ्न–बस्न नसक्ने भएकी छु । झन् बेलाबेला भुइँचालो गइरहन्छ । केटाकेटीलाई हातमा झुन्ड्याउँदै भीरभीर, कान्लाकान्ला हाम फाल्दाफाल्दै गरिखाने ज्यान बिग्रियो ।’
बारपाकमात्र होइन, यहाँभन्दा माथिका धेरै जाडो हुने र भूकम्पबाट बढी प्रभावित २४ गाविसको अवस्था कष्टकर हुँदै गएको छ, आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
No comments:
Post a Comment