Tuesday, December 15, 2015

नेपालको संविधानलाई सम्बोधन गर्ने भारतको प्रस्ताव जापानद्वारा अस्वीकार

काठमाडौं,पुष १ । नेपालको संविधानप्रति चिसो र अदासीन रहँदै आएको भारत आफ्नो अडानमा जापानको अनुमोदन हासिल गर्न असफल भएको छ । जापानी प्रधानमन्त्री सिन्जो आबेको हालै सम्पन्न भारत भ्रमणको अन्त्यमा जारी संयुक्त वक्तव्यमा नेपालको संविधानको ‘अपूर्णता’ लाई सम्बोधन गर्ने भारतको आग्रह जापानले अस्वीकार गरेको थियो ।

नेपालको आन्तरिक मामिलाबाट टाढा रहँदै आएको जापानले भारतले आग्रहलाई आफ्नो त्यही मान्यताअनुरुप अस्वीकार गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतले जापानी प्रधानमन्त्रीको भ्रमणमा नेपालको संविधान अपूर्ण रहेको भन्ने आसयसहितको वक्तव्य जारी गर्ने संकेत पाएपछि कूटनीतिक च्यानलबाट जापानसमक्ष त्यसो नगरिदिन नेपालले आग्रहसमेत गरेको थियो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts