Friday, December 4, 2015

हिंसा बिरुद्ध छात्रा फुटबल प्रतियोगिताको उपाधि ओंम पुष्पाञ्जलीलाई

पप्पु गुरुङ्ग-कञ्चनपुर,मंसिर १९ । “घर शान्ति नै बिश्व शान्तिको आधार : पुनर्निमाण शिक्षा र समान ब्यवहार” नारा सहित दोधारा चाँदनीमा छात्रा फुटबल प्रतियोगिता सम्पन्न भएको छ । लक्ष्मी उच्च माविको खेलमैदानमा शुक्रवार एक कार्यक्रमको बिच महिला हिंसा बिरुद्ध फुटबल प्रतियोगिताको बिधिवत रुपमा सम्पन्न गरिएको छ् ।

स्थानीय युनिक सनराईज उच्च माध्यमिक बिद्यालय दोधारा चाँदनी र सामुदायिक सुरक्षा समिति दोधारा चा“दनीको सयुक्त आयोजनामा दोधारा चा“दनीमा छात्रा फुटबल प्रतियोगिताको आयोजना गरिएको हो । हिजोको फाईनल खेलमा ० को बिरुद्ध २ गोल गदै युनिक सनराईज उच्च माबिलाई पराजित गर्दै ओंम पुष्पाञ्जली ई. स्कुल दोधारा चाँदनी खेलमा प्रथम भएको छ् ।

५ हजार भन्दा बढी स्थानियहरुले खेलको आनन्द लिएको आयोजक समितिको दाबी छ् । युनिक सनराईज उच्च माबिका बिद्यालय ब्यवस्थापन समिति टोप बहादुर खत्रीको सभापतित्वमा संचालित कार्यक्रममा प्रमुख अतिथि महाकाली अञ्चल प्रहरी कार्यालयका प्रहरी बरिष्ट उपरिक्षक राम प्रसाद श्रेष्ठ, अतिथीमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक तुल्सी प्रसाद अधिकारी, एभिआरएस परियोजनाका परियोजना आधिकृत धन बहादुर थारु, तथा स्थानिय दलहरुको साँझ सहभागिता रहेको थियो ।

प्रतियोगिताका बिजयता टिम तथा खेलाडीलाई सभापति, प्रमुख अतिथी तथा अतिथीहरुबाट ट्रफी, सम्मान तथा प्रमाण पत्र बितरण गरिएको थियो । दोधारा चाँदनीका ८ बिद्यालय सहभागी खेलमा सहभागी रहेका थिए ।

पहिला पल्ट दोधारा चाँदनीमा छात्रा फुटबल प्रतियोगिता भएको र छात्राहरुले उल्लेखनिय सहभागिता जनाउदै राम्रो प्रदर्शन गरेकोमा बक्ताहरुले प्रशंसा गरेको थिए । समाजको विकृति विसंगति हटाउन राज्यले कानुनको सहायता लिनुपर्ने, कानुन निर्माण एवं कार्यान्वयनमा कडाई गर्दै महिला विरुद्घको कुप्रथा संस्कारलाई समाजबाट हटाउन राज्यले सम्पूर्ण शक्ति लगाई महिला र पुरुष एकै रथका दुई पाङग्रा बनाउन थप कार्य गनुृ पर्ने, विना महिला राज्यको उन्नती हुनसक्दैन भन्ने भावना जगाउन, महिला पुरुषमा विभेद नगरी समान अधिकार प्रदान गर्न प्रतियोगिताले थप मद्धत गर्नेमा बक्ताहरुले जोड दिएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी महाकाली अञ्चल प्रहरी कार्यालयका प्रहरी बरिष्ट उपरिक्षक राम प्रसाद श्रेष्ठले हिंसा रहित समाज निमार्ण गर्न सबेले एक जुट भएर लाग्नु पर्ने आवश्यक्ता औल्याउनु भएको छ् ।

वर्तमान समयमा महिला विभिन्न रुढिबादीतामा फस्ने सम्भावना भएकोले खेलका माध्यमबाट महिलाहरु सृजनात्मक कार्यमा लाग्नु पर्ने वहाले वताउनु भयो । खेलकुदका माध्यमहरुबाट महिलाहरु समाजको लागि सकारात्मक कार्यमा लाग्ने भएकोले यसमा सवैले मिलेर काम गर्न सके सभ्य र विकसित समाजको निर्माण गर्न सकिने वहाले विश्वास व्यक्त गर्नुभयो प्रतियोगिता आयोजनाको लागि सहयोग गरेको सशस्त्र हिंसा न्युनिकरण तथा सामुदायिक सुरक्षा सवलिकरण परियोजना र युएनडिपिका सहजकर्ता विर बहादुर नेपालीले तराईका विभिन्न जिल्लामा वन्द हडताल तथा हिंसात्मक आन्दोलन र झडपकड भईरहदा दोधारा चा“दनीमा संचालित फुटबल प्रतियोगिताले देशमा सकारात्मक संदेश दिने बिश्वास राख्नुभएको छ् ।

सृजनात्मक कार्यमा अग्रसर भए समाजमा शान्ति कायम हुने गरि सन्देश दोधारा चादनीका छात्राहरुले सुदुरपश्चिमबाट सन्देश प्रावाह गर्न सफल भएको दिएको वताउनु भएको छ् । आगामी दिनमा पनि दोधारा चादनीका महिलाहरुले समाजमा विद्यमान विभिन्न कुरिति र विसंगतीका विरुद्ध एकजुट भएर सृजनात्मक कार्यमा लाग्ने वहाँले वताउनु भयो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts