काठमाडाैं मंसिर १९ । मंसिर एक देखि नौ गतेसम्म ८७ बुलेट ग्यास आएको छ । यसबाट आधा ग्यास (७.१ किलो) मात्रै राख्दा दुई लाख १७ हजार पाँच सय सिलिन्डर भर्न पुग्छ । तर, उद्योगबाट फाट्टफुट्ट मात्रै ग्यास वितरण गरियो ।
आयल निगमका अनुसार एक मंसिरमा एकैसाथ ५२ बुलेट ग्यास आएको थियो । एक मंसिरमा काँकडभिट्टाबाट तीन, विराटनगरबाट तीन, भैरहवाबाट ४१ र नेपालगञ्जबाट पाँच बुलेट ग्यास आएको थियो । दुई मंसिरमा नौ, तीन मंसिरमा चार बुलेट ग्यास आएको थियो ।
चार र पाँच मंसिरमा एक बुलेटमात्रै ग्यास आएको थियो भने ६ मंसिरमा दुई र सात मंसिरमा ग्यास आएको थिएन । त्यसपछि आठ मंसिरमा एउटा र नौ मंसिरमा १८ बुलेट ग्यास आएको छ ।
उक्त परिमाणको ग्यास आएपनि उपत्यकाका सर्वसाधारणले ग्यास पाएका छैनन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
No comments:
Post a Comment