Friday, December 4, 2015

किन जाँदैछन् मोर्चाका नेता नयाँ दिल्ली ?

काठमाडौं,मंसिर १९ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्द चार दलका शीर्ष नेता आइतबार नयाँदिल्ली जाँदैछन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार बिहान दिल्ली जान लागेका हुन् ।

मोर्चा स्रोतका अनुसार उनीहरु आइतबार बिहान ८ः३० बजे इन्डियन एयरलाइन्सको उडानबाट दिल्ली प्रस्थान गर्दैछन् । उनीहरुसँगै मोर्चाका अन्य पाँच नेता पनि जाने जानकारी स्रोतले दियो । उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुषमा स्वराज, विपक्षी दल कांग्रेस आइकी अध्यक्ष सोनिया गान्धीलगायत प्रभावशाली नेतासँग भेटेर मधेसमा १ सय १० दिनदेखि जारी आन्दोलन र मोर्चाको मागबारे ब्रिफिङ गर्ने कार्यक्रम रहेको मोर्चा संबद्ध नेताले बताए । आजको नागरिक दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts