महेश आचार्य-काठमाडौं,मंसिर २९ । गीतकार लक्ष्मीदास मुस्कानको गिती संग्रह ‘म फेरी आए’को विमोचन गरिएको छ । गीतकार संघ नेपालको आयोजनामा ललितपुरको पुरानो बस्ती लुभुमा एक कार्यक्रमको माझ वरिष्ठा गितकार एव्म चलचित्र निर्देशक यादव खरेलले विमोचन गर्नुभयो । कार्यक्रममा विमोचित कृति माथी सस्कृतिविद राम बहादुर श्रेष्ठ, संगितकार लक्ष्मण शेष, गितकार शुभ मुकारुङ, विपिन किरण र समिक्षक प्रकाश लुइटेलले मुस्कानका सृजना माथी चर्चा गरेका थिए ।
गितकार संघ नेपालका अध्यक्ष योगेन्द्र मणि दाहालको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । लक्ष्मी दास मुस्कानका ‘हिम शिखरमा’ ‘ज्वालामुखी’ कबिता सङ्ग्रह र ‘एकलासमाझ’ नामक श्रब्यचक्का प्रकाशन भै सकेका छन । उनी गीतकारको अलावा गायक, सङितकार साथै सिद्धहस्त चित्रकार समेत हुन । उनको एकल चित्रकला प्रदर्शनी समेत भै सकेको छ ।
No comments:
Post a Comment