Tuesday, December 15, 2015

नाराबाजीकाबीच संविधान संशोधन विधेयक पेश

काठमाडौं,मंसिर २९ । ब्यवस्थापिका संसदमा नारावाजीकाबीच भूकम्पपछिको पुनर्निर्माण र संविधान संशोधन विधेयक संसदमा पेश भएको छ । कांग्रेस सांसद कुनै अवरोध नगरेपछि मधेशी मोर्चाका सांसदको नारावाजीकाबीच विधेयक प्रस्तुत गरिएको हो । दुवै विधेयकसँगै पेश गर्ने कि नगर्ने भन्ने कांग्रेस र मधेसी मोर्चाको विवादकाबीच सभामुख ओन्सरी घर्तीले दुवै विधेयक कार्यसूचीमा राखेपछि मधेसी मोर्चाले विरोध गरेका थिए ।

सांसद गंगा चौधरीले पुनर्निर्माण विधेयक सम्बन्धी प्रतिवेदन पेस गरेपछि कानुन मन्त्री अग्नी खरेलले संविधानको पहिलो संशोधन विधेयक पेस गरेका छन् । संविधान जारी नहुँदै तत्कालिन संविधानसभा छोडेर बाहिरिएका आन्दोलनरत मधेसी मोर्चा कात्तिक २२ गतेदेखि संसद्मा फर्किएर घेराउ तथा नाराबाजी सुरु गरेका थिए। एक महिनादेखि संसद् निरन्तर अवरुद्ध हुँदै आाएको थियो । दुवै विधेयक पेस भइसकेपछि संसद पुस १ सम्मका लागि स्थगित गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts