Monday, December 14, 2015

किन विशेष छ आर्यन र नम्रतालाई ‘क्लासिक’ ?

काठमाडौं । अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ फिल्म ‘क्लासिक’मा बग्न पाएकोमा खुशी देखिए । फिल्मको छायांकन सकिएको अवसरमा आयोजित एक कार्यक्रममा यो जोडी एक अर्काको कामको तारिफ गर्नमा व्यस्त देखियो । आर्यनको कामप्रतिको लगाव र सधै सिक्न चाहने बानीबाट प्रभावित नम्रतालाई आर्यनले पनि उनको कामको तारिफ गर्दै फुर्काए ।

क्लासिक आफ्ना लागि विशेष फिल्म भएको आर्यनको भनाई थियो । उनले यो फिल्मको कथावस्तु लामो समयसम्म दर्शकले संझिरहने भएकाले पनि क्लासिक नाम राखिएको परिभाषा दिए । आर्यनले आफू भित्र कुनै पनि चरित्रलाई खोज्ने आफ्नो चाहना हुने बताए । उनले क्लासिकमा आफू र नम्रता दृष्टिबिहिनको भूमिकामा देखिएको जानकारी गराउँदै भूमिका च्यालेन्जिङ रहेको सुनाए ।
दिनेश राउतले निर्देशन गरेको यो फिल्मलाई आर्यनले निर्माता सुवास गिरीसँग मिलेर बनाएका हुन् । फिल्ममा आर्यन र नम्रताका अलवा रोमी घिमिरे, सुशिल काफ्ले, प्रज्वल गिरी लगायतका कलाकारको मुख्य भूमिका छ । दृष्टिबिहिनहरुको प्रेम कथामा आधारित यो फिल्म नोभेम्बर रेन भन्दा पनि उत्कृष्ट बनाउन खोजेको निर्देशक राउतको भनाई थियो ।

करिब ५० दिनमा फिल्मको छायांकन सकिएको छ । निर्माता गिरीले हलसम्म आइपुग्दा फिल्मले १ करोड खर्च छुने बताए । उनले १ करोड लगानी भएपनि फिल्मको मेकिङबाट आफू हर्षित भएको सुनाए । गिरीले भने–‘हाम्रो टिम सधै उत्कृष्ट फिल्म पस्कन चाहन्छ । हामीले क्लासिकलाई त्यसरी नै प्रस्तुत गरेका छौ ।’
अभिनेता आर्यन सिग्देलले क्लासिक जुन बिषयमा बनेको छ, त्यसलाई लामो समयसम्म पनि दर्शकले याद गर्ने भन्दै यस्तो प्रेमकथामा काम गर्ने चाहना हरेक कलाकारमा हुने बताएका थिए । अभिनेत्री नम्रता श्रेष्ठले फिल्मको कथावस्तुसँगै यसको टिम पनि आफ्ना लागि विशेष भएकाले क्लासिक करिअरकै महत्वपूर्ण फिल्म भएको बताइन् । दुबैले फिल्ममा समावेश सुनौला बोलको गीत गाएर पनि सुनाएका थिए ।
माघ २९ गतेबाट प्रदर्शनमा आउने यो फिल्ममा राजेश श्रेष्ठको छायांकन, ताराप्रकाश लिम्बुको संगीत, रेनशा राइको कोरियोग्राफी, छेतन गुरुङको कथा छ । प्रेम दिवसको समयमा दर्शक क्लासिकको प्रेम कथामा बग्न सक्ने आर्यन र नम्रताको विश्वास छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts