Monday, December 14, 2015

बाबुरामले ल्याए तत्कालीन समस्या हल गर्न चार सूत्र

काठमाडौं,मंसिर २९ । देशले बेहोरिरहेको तत्कालीन समस्या हल गर्ने नयाँ शक्ति निर्माण अभियानका संयोजक डा. बाबुराम भट्टराईले चार सूच अगाडि सारेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत भट्टराईले भारतको अघोषित नाकावन्दी र तराई–मधेसमा जारी रहेको आन्दोलनको समस्या सामाधानको लागि चार सुत्र अगाडि सारेका हुन् ।

उनले भारतसँग वार्ता गरेर भारतलाई अघोषित नाकाबन्दी फिर्ता लिन लगाउनेसम्मका सूत्र र आन्दोलनकारीलाई आन्दोलनको रुप बदलेर सत्याग्रहतिर लाग्न पनि सुझाव दिएका छन् । सरकार र सरकारसम्बद्ध दलहरूले सीमांकन लगायतका सबै समस्या संविधान संशोधन मार्फत प्याकेजमा हल गर्ने ठोस प्रतिबद्धता सहित स्वतन्त्र व्यक्तिहरूको मध्यस्थतामा आन्दोलनकारीहरूसंग गम्भीर र सार्थक वार्ता थालनी गर्ने समेत बताएका छन ।
यस्तो चार सुत्र
४ महिनादेखिको तराई/मधेस आन्दोलन, ३ महिनादेखिको अघोषित भारतीय नाकावन्दी,२ महिनादेखिको नवगठित सरकारको चीरनिद्रा (+ भित्री सत्ता लुछाचुँडी) को मारमा भूकम्पपीडित लगायत सर्वसाधारण जनता अव थेग्नै नसक्ने जीवनमरणको दोसाँधमा पुगेको, देशको अर्थतन्त्र दशकौं पछाडि धकेलिएको र हालसम्म प्राप्त लोकतान्त्रिक उपलब्धी समेत गुम्ने खतरा बढ्दै गएको असामान्य गम्भीर स्थितिमा तत्काल निकासकानिम्ति यसो गरे कसो होला? :

१. सरकार र सरकारसम्बद्ध दलहरूले सीमांकन लगायतका सबै समस्या संविधान संशोधन मार्फत प्याकेजमा हल गर्ने ठोस प्रतिबद्धता सहित स्वतन्त्र व्यक्तिहरूको मध्यस्थतामा आन्दोलनकारीहरूसंग गम्भीर र सार्थक वार्ता थालनी गर्ने।

२. आन्दोलनकारी शक्तिहरूले आफ्नो माग र आन्दोलन कायम राख्दै आन्दोलनको रुप बदल्ने-(क) आमहड्ताल/बन्द र सीमा अवरोधको सट्टा सरकार/ प्रशासन केन्द्रित वा सत्याग्रह प्रकृतिका आन्दोलन गर्ने; (ख) आन्दोलनको केन्द्र राजधानी काठमाण्डौ बनाउने। (ग) सम्झौता नभएसम्म संसद/सदन संघर्ष जारी राख्ने।

३. नागरिक अगुवा लगायत सबै समुदाय ( खस–आर्य + आदिवासी जनजाति + मधेसी/थारू) र सरोकारवालाहरूको संयुक्त पहल/ नेतृत्वमा राजधानीमा समस्या समाधानमुखी प्रभावकारी सत्याग्रह प्रकृतिका कार्यक्रम गर्ने।

४. भारत सरकारसंग उच्च स्तरीय कुटनीतिक संवाद गर्ने। भारतले अघोषित नाकावन्दी अघोषित रूपमै फिर्ता लिने।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts