Sunday, December 27, 2015

जनकपुरकाण्ड बारे संसदलाई गृहमन्त्रीको जवाफ

काठमाडौं,पुष १२ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले आइतबार अपरान्ह व्यवस्थापिका संसदमा जवाफ दिएका छन् । अघिल्लो बैठकमा संसदलाई उक्त घटनाबारे जानकारी गराउन सभामुख ओनसरी घर्तीले रुलिङ गरेपछि आइतबारको बैठकमा गृहमन्त्री बस्नतले जवाफ दिएका हुन् । महतोलाई कुटिएको विरोधमा मधेसी मोर्चाका संसदहरुले नारावाजी र संसद अवरुद्ध गरेका थिए ।

उक्त अवरोध पछि गृहमन्त्री बस्नेतले जनकपुरस्थित रामजानकी मन्दिरमा पुस १ र २ गते राष्ट्रपति विद्यादेवी भण्डारीमाथि भएको दुर्व्यवहारका विषयमा संसदलाई जानकारी गराए । राष्ट्रपति पूजा गरी फर्केपछि दर्शनार्थीहरु मन्दिर प्रवेश गर्ने क्रम सुरु भएसँगै केही अवान्छित व्यक्तिहरुले विवाह मण्डप जलाउन पेट्रोल बम हान्ने र तोडफोड गर्ने कार्य गरे। यद्यपी उनले सो क्रममा दर्शनार्थीहरुको व्यवस्थापनका लागि सुरक्षा प्रदान गरिएको बताए ।

पेट्रोल बम हान्ने र तोडफोड जस्ता अराजक गतिविधि हुन थालेपछि स्थिति नियन्त्रण गर्न प्रहरीले केही लाठि चार्ज र अश्रुग्याँस प्रहार गरेको भन्दै गृहमन्त्री बस्नेतले राष्ट्रपति राजधानी फर्किए लगत्तै त्यहाँका पूजारी र महन्थमाथि किन राष्ट्रपतिलाई बोलाएको भनि उनीहरुमाथि हातपात भएको जानकारी दिए । तर महतोबारे भने मौन बसे । सो घटनामा संलग्न ११ पुरुष र ४ महिलालाई पक्राउ गरिएको मन्त्री बस्नेतले जानकारी दिए । तीमध्ये तीनजनालाई सार्वजनिक अपराध र एकजनालाई प्राचीन स्मारक ऐनअनुसार मुद्दा चलाइएको उनले संसदलाई बताए । मधेसी मोर्चा आबद्ध दलको नाराबाजीबीच व्यवस्थापिका संसद बैठक संचालनमा छ । आजको बैठकमा संविधान संसोधन विधेयकमाथि छलफल हुने छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts