Thursday, December 3, 2015

सिंहदरबारमा दुई सय सरकारी गाडी अलपत्र, मर्मत छाडेर नयाँ किन्न जोड

काठमाडौं,मंसिर १८ । मन्त्री र भिभिआइपी चढ्ने गाडी गृह मन्त्रालय परिसरमा राखिएको छ । महिनौँदेखि चौरमा राख्दा घाम र पानीले नै महँगा नयाा गाडी पनि बिग्रने गरेका छन् । सिंहदरबारमा करिब दुई सय पुराना गाडी अलपत्र छन् । सामान्य मर्मत गरेर चल्न सक्ने गाडी पनि अलपत्र राखेर कवाडीमा बेच्न तयार पारिन्छ । तर, ढुकुटीबाट खर्चेर नयाा गाडी मगाइन्छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वसभामुख सुवास नेम्वाङलाई दिइने गाडी खरिद प्रक्रिया अघि बढाएको छ । १८ कात्तिकको मन्त्रिपरिषद् बैठकले गाडी खरिदको सहमति दिएपछि प्रक्रिया अघि बढाइएको हो । तर, गृह मन्त्रालय परिसरमा भिआइपीहरूका लागि भनेर राखिएका थुप्रै गाडी अलपत्र छन् । करोडौँ पर्ने महँगा गाडी मर्मत अभावमा कवाडी हुने अवस्थामा पुगेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts