Thursday, December 3, 2015

अब महिनौंसम्म अन्धकारमा बस्नुपर्ने हुनसक्ने !

काठमाडौं,मंसिर १८ । तपाईंको घरमा बत्ती गयो भने अब कयौं सातासम्म नआउन पनि सक्छ। भारतीय नाकाबन्दीका कारण खाना पकाउने ग्यासको भार बिजुलीमा (थप ३५० मेगावाट) परेकाले धमाधम विद्युतीय उपकरण जल्ने क्रम बढ्दै गएको छ। तर त्यसलाई फेर्न विद्युत् प्राधिकरणसँग ट्रान्सफर्मर नै छैन। मुख्यसचिव सोमलाल सुवेदीको क्षेत्र कलंकीमा निभेको बिजुली बत्ती आउन तीन दिन लाग्यो।

प्रधानमन्त्री कार्यालयका सचिव प्रेमकुमार राईले आफ्नी बहिनीको घर बालाजुमा बत्ती गएको गुनासो गरे। प्राधिकरणले तत्कालै बनायो । फर्केर आउन नपाई फेरि गयो। स्वयं प्राधिकरणका कार्यकारीनिर्देशक मुकेशराज काफ्ले बस्ने महाराजगन्जमा अवरुद्ध भएको बिजुली बनाउन तीन दिन लाग्यो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त केशव बरालको निवास क्षेत्र सञ्जीवनीनगर कोटेश्वरमा बत्ती गएको पाँच दिनपछि बल्यो। मुलुकका ठूलाबडाका घरमा आजभोलि बिजुली आपूर्तिका केही प्रतिनिधि घटनामात्र हुन् यी।
भारतले नाकाबन्दी लगाउनुअघिसम्म कुनै प्राविधिक कारणवश बत्ती निभ्दा प्राधिकरणका कर्मचारीले तीन घन्टाभित्र बनाइसक्थे। जाडोयाममा त्यसै पनि बिजुलीको माग बढिरहेका बेला भारतीय नाकाबन्दीले खाना पकाउने ग्यासको भारसमेत बिजुलीमै थपिँदा प्राधिकरणलाई प्रणाली जोगाउन हम्मे परेको छ।
प्राधिकरणको वितरण तथा ग्राहक सेवाका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेयका अनुसार एक महिनामा देशभर चार सय १४ थान ट्रान्सफर्मर जलेका छन्। यो क्रम अझै बढ्दोछ । देशभर चार हजार थान ट्रान्सफर्मर जडित छन्।
जलेका ट्रान्सफर्मर मर्मत गरी पुनः चलाउन सामान्यतया तीन महिना लाग्ने गर्छ। तर यसमा प्रयोग गरिने तेल र तामा भारतबाट आयात हुने भएकाले यी वस्तुको अभावमा प्राधिकरण निरीह बन्नुपरेको गुनासो पाण्डेयले गरे। प्राधिकरणले चीन, भारत र श्रीलंकाबाट आयात गरेको ट्रान्सफर्मरमध्ये तीन सय थान कोलकातामा अड्किएको अन्नपूर्ण पोस्टमा खबर छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts