Thursday, December 3, 2015

तीन दल र मधेसी मोर्चाको त्रिपक्षीय वार्ता साँझ ५ बजे

काठमाडौं,मंसिर १८ । सरकार, प्रमुख विपक्षीदल नेपाली कांग्रेस र मधेसमा ओन्दोलनरतदल मधेसी मोर्चाबीच आज त्रिपक्षीय वार्ता हुने भएको छ । ठूला तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र एकिकृत नेकपा माओवादीले शुक्रबार साँझ पाँच बजे आन्दोलनरत मोर्चासँग वार्ता गर्ने भएका हुन् ।

यसअघिको वार्ता निर्णायक भन्दै सहमति बिना सकिएपछि आजफेरी वार्ता हुन लागेको हो । बालुवाटारमा हुने वार्तामा तीन दलले मधेसी मोर्चाले अघि सारेको ११ बुँदे मागमा साझा धारणा दिने बताएका छन् ।

वार्ता अघि मुख्य तीन दलको बैठक समेत बालुवाटारमा बोलाईएको छ ।
तीन दलले कांग्रेस नेतृत्वको अघिल्लो सरकारले दर्ता गरेको संविधान संशोधन प्रक्रिया अघि बढाउने समझदारी गरेका छन् । सीमांकनबारे मोर्चाको मागमा भने राजनीतिक समिति बनाएर तीन महिनाभित्र टुंगो लगाउने प्रस्ताव छ ।

यसअघि सोमबार सरकारले आन्दोलनरत मधेसी मोर्चासँग वार्ता गरेको थियो। सोमबार निष्कर्षमा पुग्न नसकेपछि बुधबारका लागि बोलाइएको वार्ता भने स्थगित भएको थियो। वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts