Sunday, December 6, 2015

प्रचण्डमाथि ब्ल्याकमेलिङ

काठमाडौं,मंसिर २१ । एमाओवादीका नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रभाव र दबाबमा पारेर लाभका पद हासिल गर्ने पदाधिकारी र स्थायी समितिका सदस्यहरुले पार्टी बिगारेको आरोप लगाएका छन् । केन्द्रीय समितिको आइतबारको बैठकमा बोल्ने नेताहरुले पदाधिकारी र स्थायी समितिमा रहेका दोस्रो तहका नेताहरुले अध्यक्षलाई सिर्जनात्मक सहयोग गर्नेभन्दा दबाब प्रभावमा पारेर पार्टी बिगारेको आरोप लगाएका हुन् ।
महासचिव कृष्णबहादुर महरा र सचिव गिरिराजमणि पोखरेलले सभामुख पदमा जान नचाहनु, मन्त्रीका लागि हरिहत्ते गर्नु, अध्यक्षको कमजोरी औल्याएर सच्चाउनतिर लाग्नुको सट्टा अन्धभक्त भइरहनु, ब्याकमेलिङ गर्नु, स्वार्थ समूह बनाउनुले पार्टीलार्य कमजोर बनाएको आरोप उनीहरुले लगाएका हुन् आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts