Wednesday, December 9, 2015

शक्ति समूहकी सुनितालाई एसिया लोकतन्त्र र मानव अधिकार अवार्ड

काठमाडौं,मंसिर २४ । शक्ति समूहकी अध्यक्ष तथा संस्थापक सुनिता दनुवार एशिया डेमोक्रेसी एण्ड हृयुमन राईट्स अवार्डवाट सम्मानित हुनुभएको छ । ताइवान फाउण्डेशन फर डेमोक्रेसीले स्थापना गरेको अवार्ड अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा बिहीबार ताइपेइमा आयोजित एक समारोहमा दनुवारलाई प्रदान गरिएको हो ।

फाउण्डेशनले एसियामा मानव अधिकार तथा लोकतन्त्रको सवालमा महत्वपूर्ण योगदान पुर्‍याउने एक जनालाई हरेक वर्ष सम्मान गर्दै आएको छ । ताइवान फाउन्डेशन फर डेमोक्रेसी नामक संस्थाले स्थापना गरेको यो अवार्ड पाउने दनुवार पहिलो नेपाली हुन् । एक लाख डलर राशीको यो अवार्ड मानव बेचबिखन विरुद्ध र मानव अधिकारको पक्षमा निरन्तर संघर्ष गर्ने व्यक्ति वा संस्थालाई हरेक वर्ष प्रदान गरिने अन्तरराष्ट्रिय सम्मान हो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts