Tuesday, December 15, 2015

प्रहरीले किन गोप्य राख्याे एउटा भयानक दुर्घटना

काठमाडौं,पुष १ । गृह प्रसाशनले माइतीघर मण्डलमा शनिबार बिहान भएको एउटा ज्यानै जानेसम्मको गम्भीर सडक घटनालाई गुपचुप राखेको छ । प्रहरीले दुर्घटनापछि गरिने सामान्य तर अनिवार्य प्रक्रियासमेत मिचेर त्यससम्बन्धी सूचना गोप्य राख्न खोजेको छ । अनियन्त्रित गाडी थापाथलीबाट हुइँकिदै माइतीघरमण्डला घुमेर थापाथलीतिरै मोडिन खोज्दा दुर्घटना भइ उत्तानो परेको थियो । नागरिक दैनिकमा समाचार छ ।

प्रहरी स्रोतका अनुसार दुर्घटनामा परेको बा १२ च ६१०० नम्बरको सेतो रंगको भक्सवागन कार एउटा मिडियाको नाममा छ । दुर्घटनाका प्रत्यक्षदर्शीका अनुसार गाडीमा दुई पुरुष र दुई महिला रहेपनि महिलाको परिचय प्रहरीले गोप्य राखेको छ । घाइतेलाई तत्कालै नर्भिक अस्पतालमा लगेर भर्ना गरिएपनि अर्कै व्यक्तिको नाममा भर्ना गरिएको छ । प्रहरीसँग दुर्घटनाको कुनै रेकर्ड छैन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts