Sunday, December 20, 2015

मिस वल्र्डको ताज स्पेनकी मेरीया लालालुनालाई

काठमाडौं । मिस वल्र्डको ताज स्पेनकी मेरीया लालालुनाले जितेकी छिन ।बार्सिलोना निबासि तेइस बर्षीया मोडल मेरीयाले यस बर्षको बिश्व सुन्दरी बनेकी हुन । एक सय चौध प्रतिस्पर्धीहरु मध्य उनि उत्कृष्ठ ठहरीएकी छिन ।गत बर्षकी बिजेता रोलेने स्ट्राउसले मेरीयालाइ बिश्व सुन्दरीको ताज पहीराइ दिएकी थिइन ।

प्रतियोगितामा मेरीयाले बाहीरी सौन्दर्यता संगै मनमा भित्री सौन्दर्यता पनि हुनु पर्ने बताएकी थिइन । प्रतियोगितामा मिस रुस सोफिया निकुत चुक मिस इन्डोनेसिया मारीया हारफान्ती क्रमश दोस्रो र तस्रो बिजेता भएका थिए । मिस जमैका र मिस लेबनानका प्रतियोगीले पनि प्रतियोगीताको उत्कृष्ट पाँचमा आफ्नो स्थान बनाउन सफल भएका थिए ।

पिपुल्स च्वाइस अवार्ड भने भियतनाम की सुन्दरीले हात पारीन ।मिस वल्र्डको ६५ औ संस्करण चिनको सान्यामा सम्पन्न भएको हो ।पहीलो मिस वल्र्डको आयोजना लन्डनमा भएको थियो ।हाम्रो देशबाट इभाना मानन्धरले यस प्रतियोगितामा सहभागिता जनाएकी थिइन ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts