Sunday, December 20, 2015

रौतहटमा प्रहरीको गोली लागि एक आन्दोलनकारीको मृत्यु

गौर,पुष ५ । रौतहटको गौरमा प्रहरीको गोली लागेर एक जना आन्दोलनकारीको ज्यान गएको छ । २ जना प्रहरी घाइते भएका छन् । विपी चोकमा प्रहरीको गोली लागेर तेजापाकड गाविसका १७ वर्षे कबरेज आलमको मृत्यु भएको हो । पेटमा गोली लागेका उनलाई तत्कालै रौतहट जिल्ला अस्पताल गौर पुर्‍याइएको थियो। चिकित्सकले उनलाई त्यहीँ मृत घोषित गरे। मृतक साह जुद्ध उच्चमावि गौरमा कक्षा १० मा अध्ययनरत थिए। मामा शेख ओमेससँगै उनी बिहानैदेखि मधेसी मोर्चाको आन्दोलनमा सहभागी थिए।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts