काठमाडौं,पुष ५ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव आज गौरमा भएको घटनालाई लिएर सरकारप्रति आक्रोश पोखेका छन् । उनले एक विज्ञप्ती निकाल्दै सरकारले राज्य आतंक सुरु गरेको भन्दै आन्दोलनकारी मारिने गरि भएको घटनाले सरकारको अनुहार उदाङ्गो भएको टिप्पणी गरेका छन् ।
उनले भनेका छन, ‘नेपाली कांग्रेस र सरकारले एकलौटी ढंगले संसदमा संशोधन विधेयक पेश गरेपछि त्यसको प्रति जलाउने कार्यक्रम अन्तर्गत प्रहरीले आन्दोलनकारीको हत्या गर्नु गैरजिम्मेवार राज्यले पराकाष्टाको हद पार गरेको छ ।’ आन्दोलनकारीलाई ताकेर गोली हान्नुले सरकारको गैरजिम्मेवार राज्यले पराकाष्ठाको हद पार गरेको उनको भनाइ छ ।
No comments:
Post a Comment