Saturday, December 5, 2015

आठ प्रदेश बनाउन सहमत नभए फोरम लोकतान्त्रिकको सरकार छाड्ने

काठमाडौं,मंसिर १९ । सत्तारुढ दल मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले तीन दल आठ प्रदेश बनाउन सहमत नभए सरकारबाट बाहिरिने धम्की दिएको छ । नेकपा एमाले र एकीकृत नेकपा माओवादी तथा मुख्य विपक्षी नेपाली काँग्रेस आठ प्रदेश बनाउन सहमत नभए आफु सत्तावाठ बाहिरिने चेतावनी दिएको हो ।
फोरम लोकतान्त्रिकको राजनीतिक समितिको शनिबार ललितपुरमा बसेको बैठकले मधेशवादी दल र थारु समुदायको आन्दोलन सम्बोधनका क्रममा प्रमुख दलहरु ८ प्रदेश बनाउन सहमत नभए सरकारबाट वाहिरिने चेतावनी दिदै पार्टी अध्यक्ष विजयकुमार गच्छदारले आफ्नो पार्टी सशर्त सरकारमा सहभागी भएको भन्दै ८ प्रदेश बनाउने गरी संविधान संशोधन गर्न प्रमुख दलहरु सहमत नभए पार्टीले सरकारबाट वाहिरिने निर्णय गर्ने बताए।

फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले मधेशवादी दल र थारु समुदायको आन्दोलन सम्बोधनका लागि प्रदेशको सीमांकन हेरफेर गर्नुको विकल्प नरहेको बताए। उनले निर्वाचन क्षेत्र निर्धारण र समानुपातिक÷समावेशी प्रतिनिधित्वको विषयमा दलहरुबीच खासै विवाद् नरहेको भन्दै सीमांकनका विषयमा प्रमुख दलहरु लचिलो हुनुपर्ने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts