काठमाडौं,मंसिर २५ । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड आफैलाई फोटोजेनिक रहेको ठान्छन् । उनकाे तस्विरकाे जनयुद्ध कालदेखि अहिले पनि उत्तिकै तारिफ हुने गरेकाे छ । आजको नयाँ पत्रिकामा खबर छ– अरुका कुरा सुन्दा सुन्दा आफैलाई फोटोजेनिक छु भन्ने लागेको हो । माओवादी अध्यक्ष प्रचण्डको फोटो पहिलो पटक २०५५ फागुन १ गते तेस्रो जनयुद्ध दिवसको अवसरमा जनादेश साप्ताहिक मार्फत सार्वजनिक भएको थियो । २०६३ असार २ गते बालुटारमा सरकारसँग वार्ता गरी सार्वजनिक भएपछि प्रचण्डको फोटो ‘भाइरल’ बनेको थियो ।
माओवादी जनयुद्ध चलिरहँदा प्रचण्ड भन्ने मान्छे नै छैन भन्ने प्रचारबाजी भएको भन्दै नेतृत्व स्थापित गर्ने पार्टीको निर्णय अनुसार नै त्यतिबेला जनादेश पत्रिकामार्फत फोटो सार्वजनिक गरिएको थियो । त्यतिबेला दारी पालेका प्रचण्डले युवाजस्तो देखिने सार्वजनिक गरिएको थियो । उक्त पहिलो तस्विर आफ्नै श्रीमतिले छानेकी थिइन् ।
आधिकारिक रुपमा पार्टीले फोटो सार्बजनिक गर्नुअघि पनि नागरिकता लिन टोपी लगाएर खिचेको फोटो एक साप्ताहिकमा आएको प्रचण्ड सम्झन्छन् । पछिल्लो समय पनि जुँगामुठे एमाओवादी अध्यक्ष प्रचण्ड कपाल लर्काएर कोर्छन र सार्वजनिक स्थलमा देखिन्छन् ।
पत्रपत्रिका आउने पछिल्ला तस्विरहरुप्रति पनि राजनीतिक दलका नेताहरुले तारिफ गर्ने गरेको प्रचण्ड बताउँछन् । कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले प्रचण्डजस्तो फोटोजेनिक मान्छे अहिलेसम्म नदेखेको भन्ने गरेको उनी बताउँछन् ।
२०६४ मा प्रचण्ड स्वीट्जरल्याण्ड गएका बेला विदेशी युवतीले समेत अनुहार हेरेर नै आफूलाई चिनेको प्रचण्ड सम्झन्छन् । स्वीट्जरल्याण्डको त्यो भ्रमण भारतपछिको पहिलो विदेश भ्रमण थियो । कांग्रेस नेता शेखर कोइरालासँग खाजा खाइरहेका बेला टेबल रिजर्ब गरेर बसेदेखि नै एउटी विदेशी महिलाले आफूलाई हेरिरहेको प्रचण्डले बताए । ‘ती महिलाले पछि आफ्नै टेबलमा आएर तपाईँ प्रचण्ड होइन र भनेर सोधेकी थिइन’ प्रचण्डले भने ।
No comments:
Post a Comment