काठमाडौं,मंसिर २५ । नेपाल राष्ट्र बैंकले जनप्रतिनिधिद्वारा जारी नयाँ संविधान झल्किने सिक्का ल्याउन डिजाइन तयार गरेको छ । उक्त सिक्का निश्कासनका लागि डिजाइन तयार भएको केन्द्रीय बैंकले बताएको छ । राष्ट्र बैंकको गत भदौ ४ गते बसेको सञ्चालक समिति बैठकले नयाँ संविधानको खुशीयालीमा दुई हजार र एक सय रुपैयाँ अंकित दरका सिक्का निश्कासन गर्ने निर्णय गरेको थियो । आजको नागरिक दैनिकमा खबर छ ।
सोही अनुसार सिक्का निश्कासन गर्न लागिएको राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले बताए । सिक्का निष्कासनको प्रक्रियामा रहेको र छिट्टै नै नयाँ संविधान झल्किने सिक्का आउने उनले बताए । केन्द्रीय बैंकले सिक्काको डिजाइन तयार पार्न एक कमिटी गठन गरेको थियो ।
No comments:
Post a Comment