Tuesday, December 1, 2015

दिल्लीमा थापाले भने-रोटीबेटीको सम्बन्ध भन्ने, आपूर्ति बन्द गर्ने ?

काठमाडौं, मंसिर  १६ ।  उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले राटीबेटीको सम्बन्ध भन्दै आपूर्ति रोक्न नपाइने बताएका छन् । थापाले भने-नेपाल र भारतको सम्बन्ध रोटीबेटीको छ, यो सही हो । तर, राजनीतिका कारण जनताले दुःख पाउने स्वाभाविक हुँदैन । राजनीतिक कारण देखाएर आपूर्ति रोकिँदैन । त्यसकारण म र सरकारको एउटै धारणा छ, खुलेका नाकाबाट आपूर्ति सुचारु गरिदिनुस, सहयोग गरिदिनुस् । यति भयो ने सोचेभन्दा बढी सहयोग हुन्छ । नत्र मानवीय संकट उत्पन्न हुन्छ ।’

दिल्लीस्थिति नेपाली दूतावासमा मन्त्री थापाको सम्मानमा आयोजना भएको रात्रिभोजमा थापाले नेपाल भारतबीचको सम्बन्धको खराब परीक्षण भएको बताएको नयाँ पत्रिकामा खबर छ ।
थापाले आज विदेशमन्त्री सुष्मा स्वराज, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशसचिव एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । थापा निजी भ्रमण भन्दै भारत गएका थिए ।
Av.dpuf

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts