Tuesday, December 1, 2015

यादव र महतोबीच मनमुटाव

काठमाडौं,मंसिर १६ । मधेसमा आन्दोलनरत संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावनाका अध्यक्ष राजेन्द्र महतोबीच मतभेद बढेको छ ।
यसले आन्दोलनमा समेत असर परिरहेको, दुई नेताबीच एकअर्काको अस्तित्व स्विकार्न नसक्ने दम्भका कारण मनमुटाव बढ्दै गएको कार्यकर्ताहरु बताउँछन् । कान्तिपुर दैनिकमा समाचार छ ।

चर्को र उत्तेजक भाषण दिएर लोकप्रियता कमाउन खोज्ने महतोको बानी यादवलाई मन नपर्ने अनि आन्दोलनका क्रममा नरम भाषा प्रयोग गर्ने, राजधानी केन्द्रित बढी हुने र पहाडीसित सहकार्य गर्ने यादवको शैली महतोले मन नपराउने उनीहरु निकट स्रोतले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts