Thursday, December 3, 2015

मृगौला पीडित दिनेश पुडासैनीलाई सहयोग रकम हस्तान्तरण

नुवाकोट,मंसिर १७ । दुवै मृगौलाले काम नगर्ने भएपछि मृत्युसँग संघर्ष गरिरहेका नुवाकोट बाहुनडाँडा निबासी २५ वर्षीय दिनेश पुडासैनीलाई दक्षिण कोरियावाट आर्थिक सहयोग उपलब्ध भएको छ । दुवै मृगौला पिडित पुडासैनीलाई नुवाकोट जिल्ला बिदुर नगरपालिका-२ घर भई हाल कोरियामा कार्यरत ठकुरी समाजको अध्यक्ष सर्बजित शाहको ब्यक्तिगत पहलमा जम्मा भएको रकम पिडीतलाई हस्तान्तरण गरिएको हो ।

शाहले कोरियामा रहेका नेपाली दाजुभाई र दिदीबहिनीवाट १ लाख ६२ हजार ८३ रुपायाँ संकलन गरि पिडितलाई थप उपचारको लागि पठाएका हुन् । पुडासैनी पाटन स्थिति सुमेरु अस्पतालको शैयामा मृत्युको मुखमा छट्पटाई रहेका छन् । मृगौला पीडितले ज्यान बचाईदिन अन्य व्यक्तित्व र संघसंसस्थासँग पनि आग्रह गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts