Thursday, December 3, 2015

भारतले भन्यो, ‘यसो गरे नाका खोल्छौ’

नयाँदिल्ली मंसिर १८ । मधेसकेन्द्रित राजनीतिक दलहरुको मागअनुसार संविधान संशोधनको प्रक्रिया अघि बढेर विश्वासको वातावरण तय भए पारवहन तथा आपूर्ति सहज हुने भारत सरकारले प्रतिबद्धता जनाएको छ । भारत सरकारले नेपालका उपप्रधान एवम परराष्ट्रमन्त्रीसँग दोहोरो विश्वास र प्रतिबद्धताको अडान मात्रै दोहोर्‍याएको छ। २ महिनाअघि नेपालको स्रसदमा पेस भएको संशोधन प्रस्तावको अहिलेको स्थितिबारे जिज्ञासा राखेको छ।

परराष्ट्रमन्त्री कमल थापा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच बुधबार दिल्लीमा भेटवार्तामा सहभागी विदेश मन्त्रालयका एक अधिकारीले भने, ‘अहिलेको अवस्थामा संविधान संशोधन र सीमांकन मामिलामा चित्तबुझ्दो राजनीतिक सहमति देखिनु जरुरी छ ।’कान्तिपुर दैनिकमा समाचार छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts