Thursday, December 3, 2015

केरुङ जोड्ने सडक दुई लेनको बनाउन जिम्मा नेपाली सेनालाई

काठमाडौं,मंसिर १७ । बिहिबार साँझ सिहंदरबारमा बसेको मन्त्रिपरिषद बैठकले केरुङ जोड्ने सडक दुई बर्ष भित्र दुई लेनको बनाउने जिम्मा भौतिक योजना मन्त्रालय र नेपाली सेनालाई जिम्मा दिएको छ। धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुवेंशी हुँदै केरुङ जोड्ने सडक स्तरोन्नति गर्ने जिम्मा नेपाली सेनाले पाएको हो । बैठकले मधेश आन्दोलनमा भएको जनधनको क्षति अध्ययन गरी प्रतिवेदन तयार गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको छ।

यस्तै सरकारले केहि सचिवहरुको सरुवा पनि गरेको छ । जयमुकुन्द खनलालाई रक्षा, सुर्य सिलवाललाई उद्योग र मोहनकृष्ण सापकोटालाई भूमिसूधार मन्त्रालयमा सरुवा गर्ने निर्णय समेत भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts