Monday, December 14, 2015

नाकाबन्दी र हडतालको प्रभावले नेपाल ‘दक्षिण एसियाकै गरिब’

काठमाडौं,मंसिर २९ । भारतले लगाएको नाकाबन्दी र लम्बिँदो तराई मधेस बन्दले गरिबी दर तीब्र रुपले बढिरहेकेा जनाउँदै अर्थविदहरुले नेपाल अब दक्षिण एसियाकै गरिब मुलुक बन्ने खतरा औल्याएका छन् ।भूकम्पको लान्डबबाट तंगि्रन नपाउँदै सुरु भएको तराई-मधेस हडेताल र भारतले लगाएको नाकाबन्दीले हजारौंको रोजगारी खोसिँदा यस्तो अवस्था आएको नागरिक दैनिकमा खबर छ ।

विश्व बैंको पछिल्लो प्रतिवेदनअनुसार नेपाल दक्षिण एसियामा तेस्रो गरिब मुलुक थियो । बंगलादेश र भारतलाई उछिनेर देशले गरिबीमा निराशाजनक स्थिति सामना गर्नुपर्ने अवस्था आएको अर्थविदहरुको भनाई छ ।

नाकाबन्दी र तराई मधेस हड्तालका कारण दुई हजार दुई सय उद्योग बन्द छन् भने दुई लाख २० हजार नागरिक बेरोजगार भएका छन् । त्यस्तै नेपालीमा २० लाख नेपाली थप गरिब भएका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts