Monday, December 14, 2015

पूर्वराष्ट्रपति राष्ट्रपतिकी नातिनीलाई एनसेलमा जागिर !

काठमाडौं,मंसिर २९ । देशकै सबैभन्दा ठूलो मोबाइल कम्पनी दाबी गर्ने एनसेलमा जागिर पाउनु चानचुनेको कुरो होइन । मासिलक लाखौं रुपैयाँ तलब पाइने एनसेलमा सर्वसाधारणको त आँखा लाग्ने नै भयो, पूर्वराष्ट्रपति डा. रामवरण यादवले समेत नातिनीका लागि आँखा लगाएका थिए ।

स्रोतका अनुसार पूर्वराष्ट्रपति यादवले तत्कालीन सञ्चारमन्त्री मीनेन्द्र रिजाललाई भेट गर्न बोलाए । उनले सभासद् भतिजी किरण यादवकी छोरी आयुसा यादवका लागि एनसेलमा जागिरको व्यवस्था गर्न मीनेन्द्रलाई आदेश दिए ।

मीनेन्द्रले एनसेलका सिइओ एरिम टाइलनलरलाई फोन गरेर भेट गर्न मन्त्रालयमा बोलाए । उनले सोधे नाफासाफा उता लैजान पर्दैन ? लैजाने हो भने महामहिमले नातिनीका लागि जागिर सिफारिस गर्नुभएको छ, मेरा मान्छे नहाले पनि उहाँको एकजनालाई त जसरी पनि गर्नुपर्यो ।

तीन वर्षदेखि रोकिएको ११ अर्ब रुपैयाँ लाभांशका लागि बाटो खुल्ने भएपछि एरिमले पनि जवाफ दिए, ‘ह्वाइ नट ? उनले गएर एनसेलको एचआरलाई भने, ‘महामहिमले नै भन्नुभयो , धर्मसंकट पर्यो । एकजनालाई त जसरी पनि राखौं । एचआरले जवाफ दियो, होइन टेलियासोनेराको आदेश विनै , भ्याकेन्सी नखोली सरी राख्न सकिन्छ ? तैपनि एरिमले जिद्दी कसे । उहाँलाई मेरो रिस्कमा राखौं, उताको कुरा म मिलाउँछु ।

अन्ततः रामवरणकी नातिनी कांग्रेस सभासद् किरण यादवकी छोरीले एनसेलमा सिइओ अफिसमा जागिर पाइन् । तर, एनसेलमा यसको भित्रभित्रै विरोध भयो । अनि क्षमताअनुसारको जागिर नपाएपछि उनमा फ्रस्टेड भयो । केही महिनापछि लाखौं आउने जागिर छाडेर उनी अमेरिका भासिइन्, आजको दृष्टि साप्ताहिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts