Thursday, December 10, 2015

‘हिट एंड रन’ केसवाट सलमान निर्दोष साबित

एजेन्सी । हिट एंड रन’ केसमा मुद्धा खेपिरहेका बलिउड अभिनेता सलमान खानलाई बम्बइ उच्च अदालतले निर्दोष साबित गरेको छ । सेंसन्स अदालतले सलमानलाई पाँच वर्षको सजायँ सुनाएपछि सलमानले सजायँ विरुद्ध उच्च अदालतमा अपिल गरेका थिए। उक्त अपिलको फैसला सुनाउदै बिहीबार उच्च अदालतले सलमान निर्दोष भएको फैसला सुनाएको हो । फैसलासँगै अदालतले जफत गरिएको उनको पासपोर्ट फिर्ता गर्न पनि आदेश दिएको छ।

प्रहरीले उपलब्ध गराएका सलमानका अङ्गरक्षक रविन्द्र पाटिलको बयान विश्वासयोग्य नभएको अदालतको ठहर छ। पाटिलले आफ्नो बयान बदल्ने गरेको अदालतले जानकारी दिएको छ। वादी पक्षले घटना भएको दिन सलमानले नै गाडी चलाएको पुष्टी गर्न नसकेको, त्यसदिन सलमानले मदिरा वा अन्य कुनै नशा लिएको प्रमाण नभेटिएको भन्दै अदालतले उनलाई सफाई दिएको हो। सन् २००२ मा मुम्बइमा सलमानको तेज गतिको गाडीको ठक्करबाट फुटपाथमा सुतिरहेका मध्ये एकको मृत्यु भएको थियो।

सन् २००७ मा क्षयरोगबाट मृत्यु भइसकेका रविन्द्र पाटिल सलमान खानको सो बखत बडिगार्ड थिए। उनलै सलमान विरुद्ध बयान दिएका थिए। तर सो बयान पर्याप्त नभएको र सलमान विरुद्ध कुनै प्रमाण नभेटिएको अदालतले ठहर गरेको छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts