Thursday, December 10, 2015

सरकारले ल्याएको तत्काल सुधारको विस्तृत कार्ययोजना २०७२ पारित

काठमाडौं,मंसिर २४ । सरकारले ल्याएको तत्काल सुधारको विस्तृत कार्ययोजना २०७२ पारित भएको छ । विहिवार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले विभिन्न क्षेत्रमा तत्काल सुधार गर्नुपर्ने विषयहरुलाई समेटेर ल्याएको उक्त कार्ययोजना पारित भएको हो ।

कार्ययोजनामा अहिले देखिएका समस्याको समाधान देखि लिएर भूकम्प पिडितलाई राहत, पूर्नस्थापना र पूननिर्माणको काम, सुशासन र दिगो आर्थिक विकास कार्यक्रम समेटिएको छ । यस्तै मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिको चीन भ्रमणका बेला सम्झौता भएको १४ अर्व आर्थिक तथा प्राविधिक सहायता स्विकार गर्ने निर्णय गरेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts