काठमाडौं,मंसिर २७ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले र मधेशी मोर्चाबीचको वार्ता विना निष्कर्ष सकिएको छ । कांग्रेसले संसदमा संविधान संशोधन प्रस्तावअघि बढाउन गरेको प्रस्ताव आन्दोलनरत तराई मधेस लोकतान्त्रिक पार्टीले अस्वीकार गरेपछि वार्तामा कुनै निष्कर्ष निक्लन सकेन् । दुई दलका नेताहरूबीच आइतबार बिहान कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा छलफल भएको थियो।
‘बैठकमा कांग्रेसका सभापति सुशील कोइरालासहितका पदाधिकारीहरु सहभागी थिए भने मोर्चाबाट संयोजक महन्थ ठाकुर, सर्वेन्द्र शुक्ला र हृदशेय त्रिपाठी सहभागी थिए । कांग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा भएको छलफलपछि संसदमा पुनः निर्माण विधेयक अघी बढ्न पाउने कि नपाउने अझै पनि अनिश्चित देखिएको छ । आजै बिहान बसेको कांग्रेस पदाधिकारीको बैठकले संविधान संशोधन विधेयक अघि बढाउन मोर्चासँग छलफल गर्ने निर्णय गरेको थियो।
No comments:
Post a Comment